birat ribon

रोनाल्डो चम्किएपछि युभेन्टस तेस्रो स्थानमा उक्लियो

Neuro
रोनाल्डो चम्किएपछि युभेन्टस तेस्रो स्थानमा उक्लियो

विराटनगर । इटालियन सिरी ए अन्तर्गत भएको खेलमा क्रिस्टियानो रोनाल्डोले गरेको सरुवाती गोलसँगै युभेन्टस लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति सम्पन्न खेलमा रोमामाथि सहज जित निकालेपछि युभेन्टस तेस्रो स्थानमा पुग्न सफल भएको हो । प्रतिस्पर्धामा युभेन्टसले रोमाविरुद्ध २–० गोल अन्तरको सहज जित निकालेको हो । युभेन्टसको जितमा १३ औं मिनेटमा एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका हुन् ।

cura insider

खेलको सुरुदेखिनै चम्किएका रोनाल्डोले पहिलो गोल गरेर आफ्नो टिमलाई अगाडि बढाउँदा युभेन्टसलाई जित हाँसिल गर्न सहज भयो । त्यसपछि आत्माघाती गोलको उपहार पनि युभेन्टसले पायो । रोमाका इबानेजले खेलको ६९औ मिनेटमा आत्मघाती गोल गरेपछि युभेन्टसको जित पक्का भयो ।

यो जितपछि सिरी ए मा युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसको २० खेलमा ४२ अंक भएको छ । युभेन्टसभन्दामाथि एसी मिलानको २० खेलमा ४६ अंक रहेको छ भने इन्टर मिलानको २१ खेलमा ४७ अंक रहेको छ । त्यस्तै यो हारपछि रोमाको भने २१ खेलमा ४० अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।

jackson ribon