birat ribon

म्यान्चेस्टर युनाइटेडसँग बराबरीमा रोकियो एभर्टन

Neuro
म्यान्चेस्टर युनाइटेडसँग बराबरीमा रोकियो एभर्टन

विराटनगर । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडसँग एभर्टन बराबरीमा रोकिएको छ ।

शनिबार राति युनाइटेडको मैदानमा भएको खेलमा दुवै टिमले समान ३–३ गोल गरे । बराबरी गोल गरेपछि दुवै टिमले समान अंक बाँडेका छन् । खेलको २४ औं मिनेटमा युनाइटेडका एडिन्सन काभानीले गोल अग्रता बनाएका थिए । यस्तै खेलको ४५ औं मिनेटमा युनाइटेडकै ब्रुनो फर्नान्डेजले गोल गरेका थिए । त्यसपछि ४९ औं मिनेटमा एभर्टनका एब्डोउलाए डोउकोरले गोल गरे ।

cura insider

खेलको ५२ औं मिनेटमा एभर्टनका हामेस रोड्रिग्वेजले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि खेलको ७० मिनेटमा युनाइटेडका स्कट टोमिनेले गोल गरेर अग्रता लिए । खेलको अन्तिम समयमा एभर्टनका डोमिची काल्भर्टले गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

jackson ribon