birat ribon

पोखरामा अन्तरराष्ट्रियस्तरको सडक बन्दै

Neuro
पोखरामा अन्तरराष्ट्रियस्तरको सडक बन्दै

विराटनगर । विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तरराष्ट्रियस्तरको नमूना सडक निर्माण गरिने भएको छ ।

पोखरा महानगरपालिका–२७ तालचोकदेखि पर्यटकीय गन्तव्य बेगनास तालसम्मको तीन किलोमिटर दुई सय ८० मिटर सडक एक अर्ब ६० करोड ५० लाख लागतमा स्तरोन्नति गरी अन्तरराष्ट्रिय मापदण्डअनुसारको बनाउन लागिएको हो । हालको सडक स्तरोन्नति गरी मेडियनसहित ३० मिटर फराकिलो बनाउने योजना छ ।

cura insider

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको शहरी सुशासन तथा पूर्वाधार परियोजनाले बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)का बारेमा छलफल आयोजना गरेर डीपीआर तयार भएकाले अब निर्माणका प्रक्रियामा अघि बढ्ने बताएको छ । सो सडकको दायाँबायाँ साइकल ट्र्याक, पैदलमार्ग, व्यवस्थित नाली, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने सो सडक परियोजनाका इञ्जिनीयर नवराज बोहोराले जानकारी दिए ।

उनका अनुसार सडकमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर अन्तरराष्ट्रियस्तरको बनाइनेछ । महानगरका वरिष्ठ इञ्जिनीयर शारदामोहन काफ्लेले प्रतिकिमी लागतका हिसाबले सो सडक यहाँ बनेका सडकमध्ये सबैभन्दा महँगोे रहेको बताए । आगामी दुई महीनाभित्र बोलपत्र आह्वानलगायत सबै प्रक्रिया शुरू गरेर यसै आर्थिक वर्षभित्र निर्माण थाल्ने योजना रहेको जानकारी उनले दिए । राससको समाचार आर्थिक अभियान दैनिकमा छ

jackson ribon