birat ribon

होटेलमा २५ प्रतिशत रैथाने खाना अनिवार्य

Neuro
होटेलमा २५ प्रतिशत रैथाने खाना अनिवार्य

विराटनगर । होटेल तथा पर्यटन व्यवसायीहरूले २५ प्रतिशत रैथाने खाना अनिवार्य गर्नुपर्ने भएको छ ।

होटेल तथा रेस्टुराँहरूमा रैथाने खाना राख्नका लागि झन्डै १ दशकदेखि गरेको पहल कानुनी रूपमै कार्यान्वयनमा आएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटेल, लज, रेस्टुराँ बार तथा पथप्रदर्शक नियमावली–२०७६ राजपत्रमा प्रकाशित भएसँगै होटेलहरूको वर्गीकरण र रैथाने खाना राख्नैपर्ने पहल कार्यान्वयनमा आएको हो । तर, केही होटेल व्यवसायीले भने सरकारले मापदण्ड बनाएर तोक्नुभन्दा पनि मार्केटले यस्तो विषय निर्धारण गर्ने बताउँछन् ।

cura insider

एक तारेदेखि पाँचतारे डिलक्स स्तरमा होटेलहरूको वर्गीकरण गर्दै मन्त्रालयले नेपाली खाना तथा पेय पदार्थ शीर्षकमा १ तारेदेखि ५ तारे डिलक्स होटेलसम्म सबैले मेनुमा कम्तीमा २५ प्रतिशत नेपाली रैथाने खाना अनिवार्य राख्नैपर्ने व्यवस्था कार्यान्वयमा ल्याएको छ । नेपालमा उत्पादित खाद्य वस्तुहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै मन्त्रालयले सबै स्तरका होटेलले उक्त परिणाममा अनिवार्य रूपमा रैथाने खाना राखे पनि चारतारे वा सोभन्दा माथिल्लो स्तरको होटेलका हकमा भने थप व्यवस्था गरेको छ ।

सरकारले नेपाली रैथाने परिकार कार्यान्वयन गराउन राजपत्रमा सूचना नै प्रकाशित गरेपछि होटेल व्यवसायीले लामो समयदेखि पहल सफल भएको बताएका छन् । होटेल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यलगायतले होटेल व्यवसायीले दशक अघिदेखि गरेको पहलले सार्थकता पाएको बताए । आर्थिक अभियान दैनिकमा समाचार छ

jackson ribon