birat ribon

भरुवा बन्दुकले हानेर छोरीको हत्या

Neuro
भरुवा बन्दुकले हानेर छोरीको हत्या

बैतडी/ बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले भरुवा बन्दुकले हानेर शनिबार बेलुका आफ्नै छोरीको हत्या गरेका छन् ।

धनबहादुरले बन्दुकले हानेर २० वर्षीया छोरी बेलमती महरा (धामी)को हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बिहे गरेर दिए पनि बेलमती केही समयदेखि माइतीमै बस्दै आएकी थिइन् । धनबहादुरले शनिबार बेलुका ५ बजे घरमै छोरी बेलमतीको हत्या गरेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

cura insider

घटनापछि धनबहादुर फरार छन् । प्रहरी निरीक्षक खड्काले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । घटनापश्चात फरार रहेका महराको खोजीकार्य तीव्र पारिएको छ । विवाहित छोरी एक महिनादेखि माइतमै बसीरहेको प्रहरीले जनाएको छ । महराले छोरीमाथि किन गोली चलाए भन्ने खुल्न सकेको छैन । रासस

jackson ribon