birat ribon

भक्तपुरमा खुल्यो पहिलो ‘मिल मि’

Neuro
भक्तपुरमा खुल्यो पहिलो ‘मिल मि’

भक्तपुर / पर्यटन तथा होटल व्यवसायमा महिलाहरूको लगानी बढ्न थालेको छ । मध्यपुर थिमि नगरपालिका–४ राधेराधेमा दुई करोड रुपैयाँको संयुक्त लगानीमा ‘मिल मि’ रेस्टुरेन्ट एन्ड बार शनिबारदेखि सञ्चालनमा आएको छ । ‘मिल मि’ को पूर्वमन्त्री, पूर्वसांसद एवम् नेकपाका युवा नेता महेश बस्नेतले उद्घाटन गरे ।

स्वदेशी तथा विदेशी पर्यटकदेखि परिवारसम्मलाई लक्षित गरी भक्तपुर जिल्लामै पहिलोपटक एउटै छानामुनि स्वदेशी तथा विदेशी खानाका परिकार खुवाउने उद्देश्यले ‘मिल मि’ सञ्चालनमा ल्याएकोे प्रबन्ध निर्देशक विपना सापकोटा पौडेलले बताइन् ।

cura insider

देशव्यापी रूपमा शाखा विस्तार गर्ने उद्देश्यले व्यावसायिक बजारको रूपमा विस्तार भएको मध्यपुर थिमि नगरपालिका–४ राधेराधे क्षेत्रको भाटभोटनी अगाडि सापकोटासहित दुर्गा राई, रमिता कासिछ्वा र भावना खरेलको संयुक्त लगानीमा ‘मिल मि’ सञ्चालनमा आएको हो । प्रबन्ध निर्देशक सापकोटाले ‘मिल मि’ ले बिहान ७ बजेको ब्रेकफास्टदेखि राति १० बजेसम्म सेवाग्राहीलाई सेवा दिने उद्देश्य लिएको बताइन् ।

‘पारिवारिक शान्त वातावरणमा सफा, स्वस्थकर, नेपाली, थकाली, नेवारी तथा
एसियाका विभिन्न देशका खाना तथा खाजाका साथै अन्य परिकार पस्कने गरी ‘मिल मि’ सञ्चालनमा ल्याएका छौँ,’ उनले भनिन्, ‘बच्चा, ज्येष्ठ नागरिक र बिरामीका लागि समेत खाजा खानाको व्यवस्था गरेका छौँ, केही समयमै होम
डेलिभरीको समेत व्यवस्था गर्दै छौँ ।’

२५ जनालाई रोजगारकिो व्यवस्था गरिएको छ मिल मिबाट भएको आम्दानीको दुई प्रतिशत रकम भक्तपुर जिल्लाको सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने घोषणा
गरिएको छ । ग्राहकलाई एक महिनासम्म २० प्रतिशत छुट दिने व्यवस्था गरेको पनि सापकोटाले बताइन् ।

कार्यक्रममा पूर्वमन्त्री बस्नेतले केही वर्ष अघिसम्म बैठक बस्नदेखि खाना खानसम्म राम्रो ठाउँ खोज्दै काठमाडौँ जाने परम्परा रहेकोमा अब अन्त्य भएको बताउँदै भक्तपुर विकाससँगै व्यवसायको केन्द्र बन्न थालेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले व्यवसायको दृष्टिकोणले भक्तपुर काठमाडौँपछिको दोस्रो गन्तव्य बनेको चर्चा गरे ।

jackson ribon