birat ribon

आगजनी र तोडफोडको विरोध गर्दै ट्याक्सी व्यवसायी सडकमा

Neuro
आगजनी र तोडफोडको विरोध गर्दै ट्याक्सी व्यवसायी सडकमा

काठमाडौँ / उपत्यकाका ट्याक्सी व्यवसायीले शनिबार र्‍याली निकालेका छन् । बन्द र हड्तालका नामा ट्याक्सीलगायतका सार्वजनिक सवारी साधनमाथि हुने तोडफोड र आगजनी बन्द गरिनुपर्नेलगायतका माग राख्दै उनीहरूले आफ्ना ट्याक्सीसहित र्‍याली निकालेका हुन् ।

व्यबसायीहरूले बन्द हड्तालका नाममा ट्याक्सीलगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने माग गरेका छन् । वैज्ञानिक भाडादर कायम गर्दै राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित भएका हुन् ।

cura insider

राष्ट्रिय पुँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरी व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सीलगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी र्‍यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले बताए ।

ट्याक्सी व्यवसायलाई धरासायी बनाउने सबै गतिविधि बन्द गरिनुपर्ने माग पनि उनीहरूको छ । ट्याक्सी व्यवसायीहरू नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएका थिए ।

jackson ribon