birat ribon

मित्रता, खरानी, देह त्याग, उपहार

Neuro
मित्रता, खरानी, देह त्याग, उपहार
लक्ष्मी नेपाल

अगुल्टो पनि नठोसी कहिले बल्छ र ?
तेलबिना दियो–बत्ती कहिल्यै जल्छ र ?
बोलाउँदा त बोल्न इन्कार गर्नुहुन्छ भने,
ल भन्नुस त अब मित्रता यसरी चल्छ र ?

000

cura insider

मसँग भए जति पूरै जानीजानी लैजाऊ,
मरेमाथि पनि मुड्की हानी–हानी लैजाऊ,
तिमीलाई दिँदा सबै चिज सकिए प्रिय अब,
बाँकी मेरो चिता जलेको खरानी लैजाऊ ।

000

तातो बगरमा माछा छट्पटिएर मरेजस्तो नहुनू,
उड्दै गरेको चरा फ्याट्ट भुइँमा झरेजस्तो नहुनू,
यदि म यो जुनीमा तिम्रो नभई मरेछु भने प्रिय,
मेरो यादमा तड्पिएर देह त्याग गरेजस्तो नहुनू !

000

अब हात जोड्दै गाउँ–गाउँ डुल्न आउँदा,
लाज पचाई हामीसामु खुल्न आउँदा,
के उपहार दिएर स्वागत गर्ने होला हामीले,
जनताको घर–घरमा भोट बटुल्न आउँदा ?

jackson ribon