birat ribon

एलपी ग्याँस बिक्रेता महासङ्घमा गणेश

Neuro
एलपी ग्याँस बिक्रेता महासङ्घमा गणेश

विराटनगर / एलपी ग्याँस बिक्रेता महासङ्घ मोरङको अध्यक्षमा विराटनगरका गणेशकुमार साह निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा भएको महासङ्घको १४ औँ साधारणसभामा अध्यक्षमा साह निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्विरोध निर्वाचित भएका साहले व्यवसायीहरूको हकहितमा सधैँभरि लागिपरेर अगाडि बढ्ने बताए । ‘व्यवसायीहरूको समस्या समाधानमा सधैभरि लागिपर्नेछु,’ अध्यक्ष साहले भने, ‘व्यवसायीको हकहितसँगै सामाजिक कार्यलाई पनि अगाडि बढाउने छु ।’

cura insider

महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, प्रथम उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्ष कल्पना गौतम, सचिव सुधिर यादव, सह–सचिव सुमन खरेल र कोषाध्यक्ष सुनिता भट्टराई सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै समितिका सदस्यहरूमा प्रभा तिम्सिना, पुष्पराज अग्रवाल, रामकृष्ण खड्का, दीलिपकुमार अग्रवाल, जमुना बजगाई, गोविन्दराज श्रेष्ठ, विनोद सुवेदी, देवेन्द्र श्रेष्ठ, इन्दु कमल अधिकारी, आनन्दराज भण्डारी, राजेन्द्र थापालगायत छन् ।

jackson ribon