birat ribon

महिलाहरू मेनोपजपछि अचानक मोटो हुन्छन्, यसरी तौल कम गर्न सकिने

Neuro
महिलाहरू मेनोपजपछि अचानक मोटो हुन्छन्, यसरी तौल कम गर्न सकिने

विराटनगर / जब एक महिला ४० देखि ५० वर्षको उमेरमा पुग्छ, उनीहरूमा महिनावारी रोकिने अर्थात् मेनोपज हुन्छ ।

मेनोपजले प्रजनन हार्मोनको मात्रालाई प्राकृतिक रुपमा कम गराउँछ । यदि एक महिला एक पूरै वर्ष महिनावारी भएको छैन भने यसलाई मेनोपज भनिन्छ । मेनोपजले हार्मोनल असन्तुलनसहित तौल बढ्ने, मुडका परिवर्तन, हड्डी कमजोर हुनेलगायतका शरीरमा विभिन्न साइड इफेक्ट ल्याउन सक्छ ।

cura insider

मेनोपजको समयमा तौल बढ्ने एस्ट्रोजेनको स्तर कम हुने र अपर्याप्त निद्रा मुख्य कारण हो । यस्तो अवस्थामा, तौल घटाउनु चुनौतीपूर्ण हुनसक्छ । तर, स्वस्थ रहन र तौल कम गर्नका लागि जीवनशैलीमा केही परिवर्तन गर्नुपर्छ ।

दैनिक व्यायाम, स्वस्थ खाना वा समयमा सुत्ने बानीले शरीको अनावश्यक तौल कम गर्नुका साथै विभिन्न रोग लाग्नबाट पनि बच्न सकिन्छ ।

जहिले शरीरलाई फिट र तौललाई नियन्त्रण राख्नका लागि दैनिक वर्कआउट गर्नुपर्छ । शरीरमा भइरहेको हार्मोनल परिवर्तनका कारण सुस् महसुस भए पनि दैनिक व्यायामले मांसपेशीको तौल घटाउनुका साथै शरीरलाई बलियो बनाउने हुन्छ । हार्मोनल असन्तुलन र मेटाबोलिक समस्याका कारण निद्रामा समस्या हुन सक्छ ।

राम्रोसँग ननिदाउनु पनि तौलको बढ्नुको प्रमुख कारण हुनसक्छ । त्यसैले सही समयमा सुतेर पर्याप्त निद्रा प्राप्त गरी तौल बढ्ने प्रक्रियालाई रोक्न प्रभावकारी हुन्छ । स्वस्थ पाचनका लागि फाइबर आवश्यक छ । फाइबर पनि तौल कम गर्नका लागि सहयोगी हुन सक्छ । त्यसैले खानामा फाइबरको मात्रा समायोजित गर्न आफ्नो दैनिक आहारमा स्प्राउट्स, फ्याक्ससिड्स, एवोकाडो, ब्रोकाउली र सलाद समावेश गर्नुपर्छ ।

कम कार्ब डाइट योजनाको अर्थ भनेको खाद्य वस्तुहरू जुन कार्बोहाइड्रेटमा कम हुन्छ, जसले मेटाबोलिजमको दरलाई बढाएर तौल कम गर्न मद्दत गर्छ । तौल घटाउने क्रममा काब्र्सको साटो प्रोटिन र स्वस्थ फ्याटयुक्त खानाको सेवन गर्नुपर्छ । तौल घटाउनका लागी अन्डा, माछा, हरियो सागसब्जी, नट्स, फलफूल, बीउ, डेरी उत्पादन र स्वस्थ तेल जस्ता खानालाई समावेश गर्नुपर्छ ।

jackson ribon