birat ribon

कोलेस्ट्रोलको उच्च स्तरले हृदय रोगको जोखिम बढाउने

Neuro
कोलेस्ट्रोलको उच्च स्तरले हृदय रोगको जोखिम बढाउने

विराटनगर / कोलेस्ट्रोल एक चिल्लो पदार्थ हो जुन रगतमा पाइन्छ ।

शरीरलाई स्वस्थ कोशिका निर्माण गर्न कोलेस्ट्रोल चाहिन्छ, तर कोलेस्ट्रोलको उच्च स्तरले हृदय रोगको जोखिमलाई बढाउन सक्छ । कोलेस्ट्रोलको मात्रा उच्च हुँदा रक्तवाहिकामा फ्याट जम्मा हुन थाल्छन् । जसकारण धमनीमा पर्याप्त रगत सञ्चालन गर्न गाह्रो हुँदै जान्छ । उक्त जम्मा भएको फ्याट कडा भएर कहिलेकाहीँ अचानक भाँचेर ढिक्का बन्छन् जुन हृदयघात वा स्ट्रोकको कारण हुनसक्छ ।

cura insider

उच्च कोलेस्ट्रोल वंशाणुगत हुनसक्छ, तर यो प्रायः खराब जीवनशैलीको परिणाम हो । उमेर, मोटोपना, प्रशोधित तथा जङ्क फुडको अत्यधिक सेवन, व्यायामको कमी, धुम्रपान र मधुमेह रोग भएमा मानिसमा कोलेस्ट्रोलको मात्रा उच्च हुने जोखिम हुन्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा उच्च हुँदा शरीरमा कुनै पनि लक्षण देखिँदैन ।

रगत परीक्षण गरेर कोलेस्ट्रोलको समस्या भएको नभएको पत्ता लगाउने एकमात्र तरिका हो । उच्च कोलेस्ट्रोलले धमनीहरूको भित्तामा कोलेस्ट्रोल र अन्य डिपोजिटको खतरनाक संचय गर्न सक्छ । यी डिपोजिटले धमनीलाई साँधुरो बनाएर रगत प्रवाह कम गर्न सक्छ, जसले विभिन्न जटिलताहरूलाई निम्त्याउन सक्छ ।

कोलेस्ट्रोलको मात्रा उच्च भएमा र समयमा उपचार नगरेको खण्डमा छातीको दुखाइ, कोरोनेरी आर्टरी रोगको लक्षण, स्ट्रोक तथा हार्ट अट्याकजस्तो गम्भीर जटिलताहरूलाई निम्त्याउन सक्छ । स्वस्थ खाना, नियमित व्यायामले रोगको रोकथाम र कहिलेकाँही औषधीको सेवनले उच्च कोलेस्ट्रोल कम गर्न मद्दत पुर्‍याउँछ ।

कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राख्नका लागि नुन कम भएको खाना खाने, दैनिक ३० मिनेटका लागि व्यायाम गर्ने, मोटोपना वा अत्यधिक तौल घटाउने, बोसोयुक्त खानेकुराको सेवन नगर्ने, धुम्रपान र मदिरापान त्याग्ने र तनावलाई नियन्त्रण गर्नु पर्छ ।

jackson ribon