birat ribon

भारतमा उग्र बन्दै किसानको आन्दोलन, आज मुलुकभर चक्काजाम

Neuro
भारतमा उग्र बन्दै किसानको आन्दोलन, आज मुलुकभर चक्काजाम

विराटनगर / छिमेकी मुलुक भारतमा कृषि कानुनविरुद्ध उत्रिएका किसानले आफ्नो आन्दोलनलाई थप सशक्त र उग्र बनाउँदै लगेका छन् ।

आन्दोलन जारी राखेका किसानले आज (शनिबार) मुलुकभर चक्काजाम गर्दैछन् । यसअघि नै घोषित कार्यक्रम अनुसार दिउँसो १ देखि ३ बजेसम्म दुई घण्टा चक्काजाम हुने छ । लामो समयदेखि कृषकले आन्दोलन जारी राखे पनि कानुन परिमार्जनका सवालमा भारत सरकार सकारात्मक देखिएको छैन ।

cura insider

किसानले चक्काजामको कार्यक्रम सार्वजनिक गरिएपछि भारतको राजधानी नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्ली पुलिसले सबै स्थानमा सतर्कता बढाएको छ । २६ जनवरीको दिन भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमामा सुरक्षा कडा पारिदिएको छ ।

दिल्ली प्रहरीका डीसीपी क्राइम चिन्मय विस्वालले टिकरी, सिंघु र गाजीपुर सीमामा सुरक्षा बढाइदिएको जानकारी दिए । नयाँ दिल्लीका डिसीपीले दिल्ली मेट्रोका अधिकारीलाई पत्र लेखेर आवश्यकता पर्दा राजिव चोक, केन्द्रीय सचिवालयसमेत इलाकाका १२ मेट्रो स्टेशनमा शर्ट नोटिसमा बन्द गर्नका लागि तयार हुन भनेको छ ।

दिल्ली प्रहरीका अनुसार किसानसँग सरकारको कुनै कुरा हुन सकेको छैन । भारतमा सरकारले कृषि सम्बन्धी विवादस्पद कानुन ल्याएको र त्यसले आफूहरु मार्कामा पर्ने बताउँदै लामो समयदेखि किसानले आन्दोलन जारी राखेका छन् ।

jackson ribon