birat ribon

पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Neuro
पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

विराटनगर / मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज (शनिबार) वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

cura insider

महाशाखाका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेका कारण मौसम बदली हुने महाशाखाले जनाएको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । अब हल्का वर्षासँगै हिमपात हुने र त्यसपछि मौसम सफा हुँदै गएर गर्मी सुरु हुने बताइएको छ ।

jackson ribon