birat ribon

आज एलिजाबेथले गद्धी सम्हालेको दिन

Neuro
आज एलिजाबेथले गद्धी सम्हालेको दिन

विराटनगर । आज (शनिबार) बेलायतकी महारानी एलिजाबेथ द्धितियले गद्धी सम्हालेको दिन हो । गद्धी सम्हालेर उनी बेलायतको महारानी बनेको ६९ वर्ष पूरा भएको छ ।

गद्धी सम्हाल्दा उनी २६ वर्षकी थिइन् । अहिले उनी ९५ वर्षकी भएकी छन् । उनी आजकै दिन अर्थात सन् १९५२ मा बेलायतकी महारानी बनेकी थिइन् । २१ अप्रिल सन् १९२६ मा एलिजाबेथ अलेक्जेन्ड्रा मेरीको जन्म भएको थियो ।

cura insider

त्यसअघि उनका पिता किङ जर्ज भीआईले बेलायतको गद्धी सम्हालेका थिए । उनका पिता सन् १९३६ मा गद्दीमा बसेर साशनसत्ता सञ्चालन गर्ने तहमा पुगेका थिए । एलिजाबेथ १८ वर्षको उमेरमा दोस्रो विश्वयुद्धका बेला सेनामा ड्राइभर बनिन् ।

सन् १९४७ मा उनले फिलिप माउन्टबेटनसँग विवाह गरिन् । सन् १९५२ मा केन्यमा उनका पिताको अचानक निधन भयो । तत्पश्चात् एलिजाबेथलाई बेलायतकी महारानी घोषित गरिएको हो । २ जुन सन् १९५३ मा उनको राजतिलक गरिएको थियो ।

jackson ribon