birat ribon

मिलानलाई उछिन्दै इन्टर शीर्ष स्थानमा उक्लियो

Neuro
मिलानलाई उछिन्दै इन्टर शीर्ष स्थानमा उक्लियो

विराटनगर । इन्टर मिलान इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा फियोरेन्टिनामाथि २–० गोलको जित निकाल्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।

इन्टरले एसी मिलानलाई उछिन्दै शीर्ष स्थान कब्जा गरेको हो । इन्टरले २१ खेलमा ४७ अङ्क बनाएको छ । दोस्रो स्थानको मिलानसँग ४६ अङ्क छ । मिलानले इन्टरभन्दा एक खेल कम खेलेको छ ।

cura insider

गए राति फियोरेन्टिनाको मैदानमा इन्टरलाई जिताउन निकोलो बरेल्ला र इभान पेरिसिकले समान एक–एक गोल गरे । खेलको ३१औँ मिनेटमा बरेल्लाले गोल गर्दै इन्टरलाई अग्रता दिलाए ।

५२औँ मिनेटमा पेरिसिकले गोल गर्दै इन्टरलाई २–० गोलले जिताए ।

jackson ribon