birat ribon

कोमानको गोलमा बायर्नको जित, बनायो दस अङ्कको अग्रता

Neuro
कोमानको गोलमा बायर्नको जित, बनायो दस अङ्कको अग्रता

विराटनगर । जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्नले साघुँरो जित दर्ता गराएको छ । शुक्रबार राति भएको खेलमा बायर्नले हेर्थालाई १–० गोलले हराएको हो ।

हेर्थाको मैदानमा बायर्नलाई जिताउन किङ्ग्ले कोमानले निर्णायक गोल गरे । खेलको २१औँ मिनेटमा उनले गरेको गोल नै बायर्नको जितमा निर्णायक बन्यो ।

cura insider

जितसँगै शीर्ष स्थानको बायर्नले तालिकामा दस अङ्कको अग्रता बनाएको छ । उसले २० खेलमा ४८ अङ्क जोडेको छ । दोस्रो स्थानको आरबी लेइपिजसँग ३८ अङ्क छ । उसले बायर्नभन्दा एक खेल कम खेलेको छ ।

पराजित हेर्था भने १७ अङ्कका साथ १५औं स्थानमा छ ।

jackson ribon