birat ribon

सङ्क्रमितको सङ्ख्या दैनिक ओरालो

Neuro
सङ्क्रमितको सङ्ख्या दैनिक ओरालो

विराटनगर / देशभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक घट्दो क्रममा रहेको छ ।

केही दिनदेखि सङ्क्रमितको सङ्ख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमित सङ्ख्या दैनिक न्यून हुँदै जानुलाई सुखद रूपमा हेरिएको छ । यद्यपि चिकित्सकले सतर्कता अपनाउन सुझाव दिँदै आएका छन् ।

cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक सय जनामध्ये ९८ जना कोरोना भाइरस सङ्क्रमण भएको पाइएको छ । कुल संक्रमित दुई लाख ७१ हजार सात सय सात जनामध्ये दुई लाख ६७ हजार पाँच सय ६४ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल सङ्क्रमितमध्ये एक लाख ७६ हजार पाँच ३५ जना पुरुष र ९५ हजार एक सय ७२ जना महिला रहेका छन् । यस्तै सङ्क्रमितमध्ये ०.७४ प्रतिशत अर्थात् दुई हजार ३५ जनाको मृत्यु भएको छ । हालसम्म २० लाख ८८ हजार ३७२ जनाको कोरोना परीक्षण भएको छ ।

देशभर शुक्रबार थप एक पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय सङ्क्रमितको संख्या दुई हजार एक सय जना रहेको छ । पछिल्लो २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon