birat ribon

अढाई करोड नेपालीको हातमा इन्टरनेट

Neuro
अढाई करोड नेपालीको हातमा इन्टरनेट

विराटनगर / कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्र्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई कटाएर विश्लेषण गर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको हाराहारीमै पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्ममा साढे दुई करोडको हातमा इन्टरनेट पुुगेको छ । एक व्यक्तिसँग २ देखि ३ वटा सिम हुने भएकाले सबै नेपालीको पहुँचमा इन्टरनेट पहुँच पुगेको छैन ।

cura insider

प्राधिकरणको गत कात्तिकसम्मको तथ्यांकलाई मात्र केलाउने हो भने पनि दुई करोड २९ लाख २१ हजार एक सय ८० जनाको पहुँचमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुुगेको छ । जसमा इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)हरूको मात्र ५० लाख ३० हजार नौ सय ४९ वटा लाइन वितरण गरिएको छ ।

यसबाट वाईफाई जेनेरेट गरी धेरैजनालाई बाँडफाँट गरिने हुँदा पहुँचको संख्या अझ बढी हुने बताइएको छ । व्यक्तिगत रूपमा नेपाल टेलिकमको मोबाइलबाट फोरजी लिनेकै संख्या २० लाख ४९ हजार नौ सय १६ छ । कोभिड–१९ पछि मोबाइल इन्टरनेट, ब्रोडब्यान्डलगायतका ग्राहक २५ लाख बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon