birat ribon

हामी देशकै मूलपार्टी हौं :ओली

Neuro
हामी देशकै मूलपार्टी हौं :ओली

विराटनगर / प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टको मात्रै नभएर आफूहरू देशकै मूलपार्टी भएको बताएका छन् ।

नेकपा विभाजित भएर दुवै समूहले मुख्य नेकपा आफ्नै भएको दाबी गरिरहेको समयमा अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा रहेको नेकपा नै मूल पार्टी भएकाले भ्रममा नपर्न आग्रह गरे । नेकपाको बाग्मती प्रदेश कमिटीद्धारा शुक्रबार काठमाडौंमा आयोजना गरिएको बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यक्रममा उपस्थित भएको अपार जनसमूहले नै आफ्नो नेतृत्वको नेकपालाई मुख्य पार्टीको मान्यता दिएको दाबी गरे ।

cura insider

‘इतिहासमा नै यति ठूलो जनसभा पहिलोपटक भएको छ, यति धेरै कार्यकर्ता भेला भएर हाम्रै नेकपालाई मूल पार्टी भएको सन्देश दिनुभएको छ, त्यसैले अब कोही अलमलमा नपरे हुन्छ, हामी रहेको नेकपा नै मूल नेकपा हो,’ अध्यक्ष ओलीले भने ।

– खोसिएको भूमि राखेर नक्सा छापेबापत हटाउन खोजियो
– आफू नेतृत्वको पार्टीले मात्रै देशको रक्षा गर्न सक्ने दाबी
– अस्थिरता होइन, अब चुनाव नै चाहियो
– सरकारले अभूतपूर्व काम गरेको जिकिर
– मांसहारी आन्दोलन गर्नेलाई चिडिया खानामा लगेर थुन्छौं : बादल

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफू नेतृत्वको नेकपाले मात्रै देशको स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्ने बताए । अध्यक्ष ओलीले आफू नेतृत्वको नेकपा नै देश बनाउने र देशको रक्षा गर्ने पार्टी भएको जिकिर गरे । राजधानी दैनिकमा समाचार छ

jackson ribon