birat ribon

आइपिएलको अक्सनमा आठ नेपाली क्रिकेटर

Neuro
आइपिएलको अक्सनमा आठ नेपाली क्रिकेटर

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल)को अक्सनमा आठ नेपाली खेलाडी परेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार एसोसियट राष्ट्र नेपालबाट आठ खेलाडी अक्सनमा परेका हुन् । आइपिएलमा पहिलोपटक नेपालबाट धेरै खेलाडी अक्सनमा परेका हुन् ।

फेब्रुअरी १८ मा आईपीएलको आगामी संस्करणका लागि खेलाडीहरुको निलामी प्रकृया सुरु हुनेछ । आईपीएलमा खेलाडी सूचीकृत गर्ने म्याद शुक्रबारसम्म रहेको थियो । जसबमोजिम एक हजार ९७ जना खेलाडी सूचीकृत भएका छन् ।

cura insider

भारतबाट २१ जना विदेशका १८६, अशोसिएट राष्ट्रका २७, आइपिएलमा पहिलो पटक सहभागी हुने भारतीय ५० जना, पहिलो पटक सहभागी हुने विदेशी खेलाडी ६८ जना तथा भारतका ७४३ जना खेलाडी पहिलो पटक निलामी प्रकृयामा सूचीकृत भएको आईपीएलले जनाएको छ ।

क्यानका सचिब अशोकनाथ प्याकुरेलले प्रिमियर लिगको आगामी संस्करणमा सहभागी हुन सन्दीप लामिछाने र बिनोद भण्डारीसहित आठ जना खेलाडीको नाम पठाइएको जानकारी दिएका छन् ।

आठै जना खेलाडी सूचीकृत भएका छन् । लामिछाने र भण्डारी अतिरिक्त करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दिपेन्द्रसिंह ऐरी छन् ।

नेपालबाट यसअघि प्रिमियर लिगमा लामिछानेले खेलिसकेका छन् । त्यस अतिरिक्तका सात जना खेलाडी पहिलो पटक निलामी प्रकृयामा सहभागी हुनेछन् । लामिछानेलाई दिल्ली क्यापिटल्सले मुक्त गरिसकेको हुँदा उनीसमेत यसपालि निलामी प्रकृयामा भाग लिनेछन् ।

लिगका प्रत्येक फ्रेञ्चाइजले २२ जना खेलाडीसँग सम्झौता गर्नेछन् ।

jackson ribon