birat ribon

मनाङमा तापक्रम माइनस आठ डिग्री, बिहानैबाट हिमपात

Neuro
मनाङमा तापक्रम माइनस आठ डिग्री, बिहानैबाट हिमपात

मनाङ / हिमाली जिल्ला मनाङमा शुक्रबार बिहानैबाट हिमपात भएको छ । तल्लो क्षेत्रको वस्तीसम्म हिमपात भएको स्थानीयले बताएका छन् । चामेका स्थानीय पाल्साङ गुरुङका अनुसार बिहान ८ बजेबाट हिउँ पर्न थालेको हो ।

दिनभर हिमपात भएको र दिउँसो केही कम मात्रामा हिउँ परेको उनले बताए । ‘बिहानैबाट हिउँ परेको छ । करिब २ फिटसम्म हिउँ जमेको छ । चिसो बढेको छ । बाहिर निस्कन गाह्रो छ । उमेरका मानिस हिँड्न सकेपनि बूढाबूढी र बालबालिका हिँड्न सकेका छैनन् । भित्रै आगो तापेर बस्नुपरेको छ ।’

cura insider

हिमपातपछिको चिसोले जनजीवन प्रभावित भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका स्वास्थ्यकर्मी ललिता गुरुङका अनुसार शुक्रबार दिउँसो ठूलो मात्रामा हिमपात भएको छ । तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेको उनले बताइन् ।

jackson ribon