birat ribon

तौल घटाउन मात्र नभइ पत्थरी हटाउनसमेत फाइदाजनक कागती

Neuro
तौल घटाउन मात्र नभइ पत्थरी हटाउनसमेत फाइदाजनक कागती

विराटनगर । मृगौलामा हुने पत्थरीको समस्या एकदम पीडादायी हुन सक्छ । मृगौलाले कहिलेकाँही अनावश्य पदार्थलाई फिल्टर गर्न सक्दैन । मृगौलामा अत्यधिक फोहोर र अपर्याप्त तरल पदार्थको कारणले क्रिस्टल निर्माण हुन्छ ।

एकपटक यी क्रिस्टल ढुङ्गा बनेपछि यी ढुङ्गा मृगौलामा रहन वा मूत्र मार्गबाट तल पनि आउन सक्छन् । यी ढुङ्गा मृगौलादेखि मूत्राशयसम्म वा मूत्र पथको कुनै पनि भागलाई असर गर्न सक्छ ।

cura insider

तल्लो पेट दुख्ने, ज्वरो, वाकवाकी लाग्ने, पटक–पटक पिसाब लाग्ने, पिसाब पोल्ने पत्थरीका केही सङ्केत हुन् । पत्थरी हुनबाट बच्न पानी पिउनु जरुरी छ । शरीरलाई हाइड्रेट राखेको खण्डमा जमेको पत्थर ससाना टुक्रामा फुटेर पिसाबमार्फत बाहिर निस्कन्छ । पत्थरी नियन्त्रण गर्न कागती पानी पिउनु फाइदाजनक हुनसक्छ ।

कागतीमा साइट्रेटको मात्रामा उच्च हुन्छ । प्रत्येक दिन कागती पानी पिउँदा मृगौलामा पत्थरी बन्ने जोखिम कम हुँदै जान्छ । कागतीमा भएको साइट्रेटले क्याल्सियम क्रिस्टल बन्न दिँदैन जसकारण मृगौलामा पत्थरी बन्न सक्दैन । कागतीपानी नियमित पिउँदा सानो पत्थरी शरीरबाट सजिलै बाहिर निस्कन्छ ।

एक गिलास ताजा कागती पानी पिउनुका धेरै फाइदा छन् । यसले पाचन समस्या हटाउने, कलेजोलाई डिटक्स गर्ने, तौल घटाउने, मेटाबोलिजम बढाउने र मधुमेहलाई नियन्त्रण गर्न मद्दत गर्छ । मृगौलालाई स्वस्थ राख्नका लागि पर्याप्त पानीका साथै स्वस्थ आहारको पनि आवश्यक हुन्छ । मौसमी फल, दाल, गेडागुडीलगायतको सेवन पनि जरुरी हुन्छ ।

स्याउको र सुन्तलाको जुसले पनि मृगौलामा हुने पत्थरीमा फाइदा पु¥याउन सक्छ ।

jackson ribon