birat ribon

संविधानको रक्षाका लागि सर्वोच्च पुगेका हुँ : सभामुख सापकोटा

Neuro
संविधानको रक्षाका लागि सर्वोच्च पुगेका हुँ : सभामुख सापकोटा

काठमाडौँ / प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले श्रृङ्खलावद्ध रूपमा संविधानको उल्लङ्घन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको बताएका छन् ।

सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले श्रृङ्खालावद्ध रूपमा संविधान उल्लङ्घन गरेका कारण संविधानको रक्षा, संरक्षण र सम्वद्र्धनको लागि आफू संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा पुगेको बताएका हुन् ।

cura insider

सभामुख सापकोटाले संसदीय सुनुवाइविना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लङ्घन भएको बताए ।

jackson ribon