birat ribon

बेलायत पुग्ने पर्यटकले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

Neuro
बेलायत पुग्ने पर्यटकले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

विराटनगर । बेलायतमा पुग्ने पर्यटकहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरू अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो ।

cura insider

यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैँले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ ।

बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरू पूरा गरी यस्तो क्वारेन्टाइन निर्माण गर्ने र कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा ती क्वारेन्टाइनहरूमा बस्नुपर्ने नियम बताइएको छ ।

बेलायतमा नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यो नयाँ प्रतिबन्दको घोषणा गरिएको बेलायत सरकारले बिहीबार जानकारी दिएको छ ।

दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यो प्रतिबन्द लगाइएको छ ।

ती देशका नागरिक बेलायत आएपछि अनिवार्य रूपमा १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको समाचारमा जनाइएको छ । रासस

jackson ribon