birat ribon

धेरै मात्रामा कफीको सेवनले खतरनाक साइड इफेक्ट देखिन्छ

Neuro
धेरै मात्रामा कफीको सेवनले खतरनाक साइड इफेक्ट देखिन्छ

विराटनगर । कफी एक स्वास्थ्य पेय पदार्थ हो । कफीमा क्याफिन हुन्छ । क्याफिनले मुड, मेटाबोलिजम, मानसिक र शारीरिक प्रदर्शनलाई बढावा दिन सक्छ । अध्ययनले कमदेखि मध्यम मात्रामा क्याफिनको सेवन मानिसहरूका लागि सुरक्षित हुने देखाएको छ ।

क्याफिनको उच्च मात्राको सेवनले यसको लत लाग्नु सामान्य प्रभाव हो । मानिसहरू सामान्यता दिनमा दुईदेखि तीन कप कफीको सेवन गर्छन् । तर, दैनिक छ कप वा सोभन्दा धेरै मात्रामा कफीको सेवन गरेमा खतरनाक साइड इफेक्ट पनि हुन सक्छ ।

cura insider

अत्याधिक क्याफिनको सेवनले एन्जाइटी बढाउने, सास फुल्ने, तनावको मात्रा बढाउने र मन अशान्त बनाउन सक्छ । कफीमा क्याफिनको मात्रा बढी हुने भएकाले शरीरमा ऊर्जा प्रदान गरी निद्रा हटाउने गर्छ ।

अत्यधिक मात्रामा कफीको सेवनले इन्सोमनियासहित निद्रामा पनि समस्या निम्त्याउन सक्छ । निद्रा नलाग्ने, निदाउन समय लाग्ने तथा निदाउने समयसमेत घट्नेलगायतका समस्या देखिन सक्छ । अत्याधिक क्याफिनको सेवनले पाचन प्रणालीसँग सम्बन्धित पनि समस्या निम्त्याउन सक्छ ।

यसले दिसा पातलो गर्ने, ग्यास्ट्रिक तथा पेटसम्बन्धी अन्य समस्या निम्त्याउने गर्छ । अत्याधिक क्याफिनको सेवनले मांशपेशी टुक्राउने गर्छ । उक्त मांशपेशी रगतमा पसेको खण्डमा मृगौलामा समस्या निम्त्याउन सक्छ ।

क्याफिनको धेरै सेवनले रक्तचाप पनि बढाउनसक्ने विभिन्न अध्ययनले देखाएको छ । यसको प्रभाव शरीरमा कम समयका लागि मात्र देखिएपनि कम मात्रामा कफी खाइरहेकामा गम्भीर प्रभाव पार्ने हुन्छ ।

क्याफिनको धेरै सेवनले मुटुको धड्कन बढ्ने, थकान, पटक–पटक पिसाब लाग्ने वा लागेको अनुभव हुन सक्छ । क्याफिनको मात्रा धेरै भएको कारण यस्ता समस्या देखिने हुँदा क्याफिनको मात्रा कम गरेसँगै यी समस्याहरू पनि हराउँदै जान्छ । जसकारण क्याफिनलाई ठिक्क मात्रामा सेवन गर्नु नै उचित हुन्छ ।

jackson ribon