birat ribon

प्रचण्ड–नेपाल समूहले जनतालाई धोका दिँदैछ : प्रधानमन्त्री ओली

Neuro
प्रचण्ड–नेपाल समूहले जनतालाई धोका दिँदैछ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव समूह जनतालाई धोका दिन लागिपरेको आरोप लगाएका छन् ।

शुक्रबार नारायणहिटी दरबार सङ्ग्राहलयअगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आफ्नो स्वार्थका लागि जनतालाई धोका दिन लागिपरेको आरोप लगाएका हुन् ।

cura insider

प्रचण्ड–माधव समूह अस्थिरताको राजनीतितर्फ अगाडि बढेको उल्लेख गर्दै ओलीले भने, ‘उहाँहरू देशलाई भड्खालामा हाल्ने र संसद्लाई काम गर्न नदिने कामलाई राजनीति स्थिरता भन्नुहुन्छ । उहाँहरू अस्थिरताको राजनीति गर्नुहुन्छ, समीकरणको राजनीति गर्दै हुनुहुन्छ । व्यक्तिगत स्वार्थका लागि जनतालाई धोका दिँदैहुनुहुन्छ,’ उनले भने ।

यसैगरी ओलीले प्रचण्ड–माधव समूहले काम गर्न नदिएको उल्लेख गरे । ‘उहाँहरू हामीसँग रहँदा काम गर्न दिनु भएन । बरु उहाँहरू गएपछि विभिन्न आयोगहरू बने,’, उनले भने, ‘महिला आयोग, दलित आयोग, मुस्लिम आयोग, मधेश आयोगलगायत विभिन्न आयोग उहाँरू गएपछि बने । उहाँहरू रहँदा कुनै पनि काम भएन, गर्न दिनुभएन ।

jackson ribon