birat ribon

गृहमन्त्री थापाले भने : तेस्रो जनअन्दोलन सुरु भयो

Neuro
गृहमन्त्री थापाले भने : तेस्रो जनअन्दोलन सुरु भयो

काठमाडौँ / गृहमन्त्री रामबहादुर थापाले तेस्रो जनअन्दोलन सुरु भएको बताएका छन् । शुक्रबार नारायणहिटी सङ्ग्राहलयअगाडि केपी शर्मा ओली समूहले निर्वाचनको पक्षमा जनमत बनाउन गरेको शक्ति प्रदर्शनका क्रममा गृहमन्त्री रामबहादुर थापाले तेस्रो ऐतिहासिक जनआन्दोलन सुरु भएको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय स्वाधीनताको निम्ति एक छ, समाजवादका पक्षमा आन्दोलित भएका छौँ । समग्र जनता संविधानको रक्षाका लागि आन्दोलित भएका छन् ।’

cura insider

सरकारको नेतृत्व र राष्ट्रपतिको मानमर्दन गर्ने र विस्थापित गर्ने षड्यन्त्रले अस्थिरता ल्याएको पनि उनले बताए । अहिलेको परिस्थितिको सामनाका लागि जनतालाई आन्दोलित बनाएको पनि उनले उल्लेख गरे ।

उनले आम निर्वाचनको माध्यमबाट आफूहरूले आन्दोलनको थालनी सुरु गरेको बताएका छन् । त्यस्तै केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको आन्दोलन मांशाहारी हुन्छ भनेको भनाइप्रति लक्षित गर्दै गृहमन्त्री थापाले भने, ‘अहिले केही व्यक्तिले मांशाहारी आन्दोलन गर्ने भनेका छन् । म ती व्यक्तिलाई भन्न चाहन्छु, हाम्रो संविधान र कानुनले त्यस्ता आन्दोलनलाई बन्देज लगाएको छ । त्यस्ता मांशाहारी आन्दोलन गर्नेहरुलाई जाउलाखेलको जू मा लगेर बन्द गरिनेछ ।’

jackson ribon