birat ribon

भुइँकटरको जुस स्वास्थ्यका लागि धेरै लाभदायक

Neuro
भुइँकटरको जुस स्वास्थ्यका लागि धेरै लाभदायक

विराटनगर । भुइँकटरको सेवन शरीरलाई स्वस्थ राख्नका लागि धेरै लाभदायक हुन्छ । फलको साथसाथै यसको रसको सेवन पनि शरीरका लागि फाइदाजनक हुन्छ । एक गिलास भुइँकटरको जुसमा ८२ क्यालोरी, न्युन फ्याट र कोलेस्ट्रोल, दुई मिलीग्राम सोडियम, २२ ग्राम कार्बोहाइड्रेट र एक ग्राम प्रोटिन हुन्छ ।

भुइँकटर भिटामिन ‘ए’ र भिटामिन ‘सी’मा समृद्ध हुन्छ । यसबाहेक फाइबर, पोटाशियम, फास्फोरस र क्याल्सियम पनि धेरै मात्रामा पाइन्छ । भुइँकटरमा एन्टिअक्सिडेन्ट हुन्छन् । यसले शरीरलाई सफा राखेर कोषको क्षतिलाई रोक्ने काम गर्छन् ।

cura insider

यी एन्टिअक्सिडेन्टहरूले गम्भीर रोग जस्तै बाथ, हृदय रोग र क्यान्सरको धेरै प्रकारविरुद्ध सुरक्षा प्रदान गर्छ । भुइँकटरमा प्रशस्त मात्रामा म्याग्नेसियम पाइन्छ, जसले हड्डी र टिश्युहरूलाई बलियो बनाउन मद्दत गर्छ ।

भुइँकटरको सेवनले गिजा तथा दाँतलाई स्वस्थ राख्न पनि मद्दत गर्छ । यसको सेवन दाँतलाई बलियो बनाउन तथा बाथका बिरामीहरूको लागि धेरै फाइदाजनक हुन्छ । भुइँकटरको सेवन सुन्निने समस्या कम गर्न धेरै प्रभावकारी मानिन्छ । भुइँकटरको सेवनले माकुलर डिजेनेरेसन रोक्न सक्ने क्षमता राख्छ । माकुलर डिजेनेरेसन एक आयुसँग सम्बन्धित रोग हो जसमा आँखाको केन्द्रीय दर्शन विस्तारै हराउँदै जान्छ ।

भुइँकटरमा प्रशस्त मात्रामा हुने भिटामिन सीले प्रतिरक्षा प्रणाली मजबूत बनाएर विभिन्न रोग लाग्नबाट बचाउँछ । भुइँकटरको सेवन प्रतिरोध क्षमता बढाउन पनि प्रभावकारी हुन्छ । उच्च रक्तचापबाट पीडित भएकाहरूले भुइँकटरलाई आफ्नो आहारको एक हिस्सा बनाउनु पर्छ । यसमा धेरै पोटाशियम र थोरै मात्रामा सोडियम हुन्छ । जस कारणले, शरीरमा रगत प्रवाहको गति नियन्त्रण गर्छ ।

भुइँकटरमा ब्रोमेलेन नामक तत्वले कुनै पनि पाचन समस्या समाधान गर्न सक्छ । यसको सेवनले पेटको जुकाबाट पनि छुट्कारा पाउन सकिन्छ । भिटामिन एको अभावले नङलाई कमजोर र सुक्खा बनाउँछ । त्यस्तै, भिटामिन बीको अभावले नङ टुट्ने वा भाच्चिने हुन्छ । भुइँकटरको नियमित प्रयोगले यी दुवै भिटामिन सम्बन्धित आवश्यकताहरू पूरा गर्छ र नङलाई स्वस्थ र सुन्दर राख्छ ।

सुख्खा ओठको समस्या भएकाले भुइँकटरको प्रयोग गरेर यस समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । यसबाहेक, भुइँकटरको जुसले छालालाई सुन्दर राखी चाउरीपनाबाट पनि मुक्त गराउँछ । भुइँकटरको सेवनले तौल घटाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।

jackson ribon