birat ribon

सप्तरीमा घुर ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

Neuro
सप्तरीमा घुर ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

राजविराज / सप्तरीको सुरुङ्गा नगरपालिकामा घुर बालेर आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । सुरुङ्गा–२ हर्दियामा घुर ताप्ने क्रममा आगोमा जलेर ७५ वर्षीया कमलीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहका अनुसार गएराति आफ्नो घरमा घुरमा आगो ताप्नेक्रममा अचानक साडीमा आगो लाग्दा कम्मरभन्दा तल दुवै खुट्टा, घाँटी र ढाड जलेर उनी गम्भीर घाइते भएकी थिइन् ।

cura insider

घाइते पासवानको तत्कालै उपचारको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएकोमा त्यहाँ उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

jackson ribon