birat ribon

एन्जाइटी हुँदा देखिन्छन् यी शारीरिक लक्षण, वेवास्ता नगर्नुहोस्

Neuro
एन्जाइटी हुँदा देखिन्छन् यी शारीरिक लक्षण, वेवास्ता नगर्नुहोस्

विराटनगर / प्रायः एन्जाइटी भन्नेबित्तिकै मानिसहरूले यसलाई सामान्य तनाव, चिन्ता तथा डरका भावनाहरूसँग जोड्ने गर्छन् । जुन समयसँगै कम हुँदैजाने वा यस्ता समस्याका लागि उपचार नचाहिने भनेर वेवास्ता गर्ने गरिन्छ । तर, एन्जाइटी पनि शारीरिक पीडाको सङ्केतका रूपमा देखिन सक्छ ।

बिरामीहरूले शारीरिक पीडा मनोवैज्ञानिक कष्टको सङ्केत हुनसक्ने जान्दैनन्, जसकारण एन्जाइटी भएको बुझ्नुको सट्टा शारीरिक लक्षणहरूको उपचार गर्न डाक्टरहरू कहाँ जाने गर्छन् । एन्जाइटी हुँदा देखिने यी शारीरिक लक्षणहरू पनि भावनात्मक प्रभावजत्तिकै महत्त्वपूर्ण हुन्छन् ।

cura insider

एन्जाइटी हुँदा शरीरमा अत्याधिक मात्रामा स्ट्रेस हर्मोन रिलिज हुन्छ जसकारण शरीरमा केही लक्षण देखापर्न थाल्छ । शारीरिक लक्षणहरूले एन्जाइटी बढेको वा एन्जाइटी अट्याक भएको सङ्केत गर्न सक्छ । एन्जाइटी भएको मानिसमा सबैभन्दा धेरै देखिने सामान्य शारीरिक लक्षणहरू यसता छन्ः

–मुटुको धड्कन तेज हुने
–सास फेर्न समस्या हुने, सास बढ्ने, छिटो छिटो सास फेर्ने
–थकान तथा केही काम नगर्दा पनि सधैँ थकित हुने
–निन्द्रामा समस्या हुने
–मांशपेशीको दुखाई हुने
–पेटमा समस्या हुने, पेट दुख्ने, पेट फुल्ने, वाकवाकी लाग्ने वा पेटमा बेचैनी जस्तो महसुस हुने
–एन्जाइटी अट्याक हुँदा वा इन्जाइटी बढ्दै जाँदा अत्याधिक पसिना आउने
–शरीर काप्न थाल्ने
–छिट्टै तर्सिने, ठूलो स्वर सुन्दा वा कसैले बोलाउनका लागि शरीरमा हात राख्दासमेत तर्सिने
–घाँटीमा केही अड्किएको जस्तो अनुभव भइरहने
–प्रतिरक्षा प्रणाली कमजोर हुने कारण पटक–पटक रुघाखोकी लाग्न सक्ने

लामो समयसम्म यी कुनै शारीरिक लक्षणहरूको अनुभव गर्दै हुनुहुन्छ भने, तुरुन्त चिकित्सकसँग भेट्नु एकदमै आवश्यक हुन्छ । समयमा समस्याको उपचार नगरेमा यसले दैनिक क्रियाकलापमा बाधा पुर्‍याइ डिप्रेसनसमेत निम्त्याउँन सक्छ ।

jackson ribon