birat ribon

म्यान्मारमा सेनाको आलोचना गर्ने अर्का नेता पक्राउ

Neuro
म्यान्मारमा सेनाको आलोचना गर्ने अर्का नेता पक्राउ

विराटनगर / म्यान्मारमा सेनाले नेतृ आङ सान सू चीको दलका एक वरिष्ठ नेतालाई पक्राउ गरेका छन् । शुक्रवार बिहान नेता विन तेन पक्राउ परेका हुन् ।

सू चीसहित कैयौँ नेताहरू सोमबारदेखि सेनाको नियन्त्रणमा छन् । तर उनीहरूको अवस्थाबारे स्पष्ट जानकारी उपलब्ध भएको छैन । पक्राउ परेका नेता विन तेनले प्रहरी र सेनाका सुरक्षाकर्मीहरूले आफूलाई राजधानीतिर लगिरहेको बताएका थिए ।

cura insider

उनका अनुसार उनलाई राज्यविप्लवको कानुनअन्तर्गत पक्राउ गरिएको हो ।

८९ वर्षीय विन तेन न्याश्नल लीग फर डेमोक्रेसीका संरक्षक हुन् । उनी सू चीका निकटवर्ती सहयोगी हुन् । सेनाले शासन आफ्नो हातमा लिएपछि उनले सेना र सेनाप्रमुखको आलोचना गर्दै अन्तर्वार्ताहरू दिएका थिए ।

jackson ribon