birat ribon

पिकेको आरोप : अधिकांश रेफ्री रियलको पक्षमा हुन्छन्

Neuro
पिकेको आरोप : अधिकांश रेफ्री रियलको पक्षमा हुन्छन्

विराटनगर / स्पेनिस फुटबल क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले अधिकांश रेफ्री प्रतिद्वन्द्वी क्लब रियल मड्रिडको पक्षमा रहने दाबी गरेका छन् । ला लिगाका प्रायः रेफ्री खेलमा निर्णय लिँदा रियलको पक्षमा रहने स्पेनिस स्टार पिकेको दाबी छ ।

यसैगरी उनले ला लिगामा ८५ प्रतिशत रेफ्री मड्रिडका भएका कारण उनीहरूले रियलको पक्षमा निर्णय लिने दाबी गरे । ‘८५ प्रतिशत रेफ्री मड्रिडका हुन् । उनीहरू रियलको पक्षमा रहन्छन् । मेरो व्यक्तिगत विचारमा यसैकारण खेल पक्षपाती हुन्छ’, पिकेले हालै एक अन्तर्वार्तामा भनेका छन् ।

cura insider

‘उनीहरूले रियलको विपक्षी भइ सिटी फुक्दैनन् । म व्यवसायिक रेफ्रीलाई सम्मान गर्छु र मलाई थाहा पनि छ कि उनीहरूले आफ्नो काम राम्ररी गर्छन् । तर, कुनै पलमा शङ्का पलाउँछ, जहाँ मड्रिडका रेफ्री हुन्छन्’, उनले थपे ।

यस सिजन ला लिगामा बार्सिलोना र रियल दुवै अनुशासनमा खेलिरहेको पाइएको छ । यो सिजन दुवैले जम्मा ३६ पहेँलो कार्ड पाएका छन् । रियलले भने एउटा रातो कार्ड पनि पाएको छ ।

२०१९–२० को सिजनमा भने रियलले ७२ वटा र बार्सिलोनाले ८३ वटा पहेँलो कार्ड पाएका थिए । दुवै टोलीका समान तीन–तीन खेलाडीले रातो कार्ड खाँदै मैदान छोडेका थिए ।

अघिल्लो सिजनको तुलनामा यस सिजन दुवैलै अनुशासनमा रहेर खेलेका छन् । तथापि, सिजन सकिन अझै बाँकी छ ।

jackson ribon