birat ribon

अत्यधिक अंगुर सेवनका धेरै छन् बेफाइदा

Neuro
अत्यधिक अंगुर सेवनका धेरै छन् बेफाइदा

विराटनगर / अङ्गुर स्वादिष्ट, रसिलो र पौष्टिक तत्त्वले भरिएको फल हो । क्यालोरीको मात्रा कम हुने तथा फ्याट–फ्रि अङ्गुर शरीरलाई आवश्यक भिटामिन र खनिजहरूले भरिएको हुन्छ ।

अङ्गुरको सेवनले तौल घट्ने, शरीरमा खराब कोलेस्ट्रोलको मात्रा घट्ने, मुटुरोगको जोखिम कम गर्नेलगायतका विभिन्न फाइदा छन् । तर, चाहिनेभन्दा बढी मात्रामा अङ्गुरको सेवन गरेमा शरीरलाई फाइदाभन्दा धेरै बेफाइदा हुनेगर्छ ।

cura insider

यसको आकार सानो हुनेहुँदा कहिलेकाहीँ अङ्गुरको धेरै सेवन गर्ने गरिन्छ । यसले क्यालोरीको मात्रा बढाएर शरीरमा गम्भीर असर गर्न सक्छ । अङ्गुरमा प्राकृतिक चिनीको मात्रा उच्च हुन्छ र उच्च चिनी सामग्रीसँग खाद्यान्नहरूको अधिक सेवनले दिसा पातलो बनाउन सक्छ । अङ्गुरमा हुने फाइबरको अधिक मात्राले पाचन कार्यमा बाधा पुर्याएर झाडापखाला वा कब्जियत निम्त्याउन सक्छ ।

अङ्गुरको बीउले पेट दुख्न सक्छ र गम्भीर अवस्थामा अपेन्डिसाइटिससमेत निम्त्याउन सक्छ । अङ्गुरको अत्यधिक सेवनले तौलमा उल्लेखनीय वृद्धि हुन सक्छ । यसले तौल घटाउनुको साटो बढाउने गर्छ । प्राकृतिक चिनीको मात्रा उच्च हुने हुनाले यसले रगतमा ग्लुकोजको मात्रा अचानक वृद्धि गराउन सक्छ ।

अङ्गुरको अत्यधिक सेवनले केही एलर्जीहरू पनि उत्पन्न गर्न सक्छ । अङ्गुरमा रहेको केही खास प्रोटिन एलर्जी प्रतिक्रियाका लागि जिम्मेवार हुन्छन् । छालामा रातो दाग देखिएमा, टाउको दुख्ने, बान्ता वा सास फेर्न कठिनाइ भएमा अङ्गुरको सेवनले निम्त्याएको एलर्जी भनेर बुझ्न सकिन्छ ।

खाली पेटमा कहिले पनि अङ्गुरको सेवन गर्नु हँुदैन । धेरै अङ्गुरको सेवनले एसिडिटी निम्त्याउँछ र ग्यास्ट्रोक(आन्द्राको आवरणमा हस्तक्षेप गर्छ जुन ग्यास्ट्रिक, टाउको दुख्ने र बान्ताको कारण बन्न सक्छ । अङ्गुरमा स्यालिसाइलिक एसिड हुने भएका कारण अत्यधिक अङ्गुर सेवनले पेट पोल्ने समस्या उत्पन्न गर्न सक्छ ।

jackson ribon