birat ribon

संवैधानिक नियुक्तिविरुद्ध सभामुख सापकोटा सर्वोच्चमा

Neuro
संवैधानिक नियुक्तिविरुद्ध सभामुख सापकोटा सर्वोच्चमा

काठमाडौँ / सभामुख अग्नि सापकोटा संवैधानिक आयोगहरुमा भएको असंवैधनिक नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

संवैधानिक निकायमा गरिएको नियुक्ति बदरको माग गर्न सभामुख सापकोटासहित नेकपा दाहाल–नेपाल समूहका नेताहरू शुक्रबार सर्वोच्च अदालतमा पुगेका हुन् ।

cura insider

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने सभामुख सापकोटा सर्वोच्च पुगेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संवैधानिक निकायहरूमा ३२ जना पदाधिकारी नियुक्त गरेकी थिइन् । सोही नियुक्तिलाई लिएर राजनीतिक दलहरूले तीव्र विरोध जनाएका छन् ।

नेकपाको पुष्पकमल दाहाल–माधव कुमारनेपाल समूहले सो नियुक्तिमा जबर्जस्ती गरिएको भन्दै बिहीबार देशव्यापी आमहड्ताल गरेको थियो ।

jackson ribon