birat ribon

यसकारण मोजा लगाएर सुत्नु हुँदैन

Neuro
यसकारण मोजा लगाएर सुत्नु हुँदैन

विराटनगर / जाडो महिनामा धेरैलाई खुट्टा नतातिने समस्या हुने गर्छ । त्यसैले मोजा लगाएरै सुत्ने कतिपयको बानी हुन्छ । तर, मोजा लगाएर सुत्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन ।

मोजा लगाएर सुत्नु रक्तसञ्चारसँग सम्बन्धित छ । निदाउने बेलामा मोजा लगाएर सुत्दा टाइट मोजाको कारणले खुट्टाको रगत प्रवाह कम हुनसक्छ ।

cura insider

नायलन तथा छाला मैत्री नभएको अन्य सामग्रीले बनेको मोजा लगाएर सुत्नाले छालाको सङ्क्रमण हुन सक्छ । सङ्क्रमणबाट बच्नका लागि सूतीको मोजा रोज्नु उत्तम हुन्छ । सुतेको बेलामा मोजा लगाउँदा अत्यधिक तातो हुन सक्छ । छालाले सास फेर्न नसक्ने प्रकारको कपडाबाट बनेको मोजा लगाएमा यसले शरीरको तापक्रमलाई अत्यधिक बढाउन सक्छ ।

टाइट मोजा लगाएर सुत्दा असहज महसुस हुन गई निद्रामा बाधा पुग्न सक्छ । सुत्ने क्रममा मोजा लगाउँदा खराब स्वच्छताको जोखिम बढाउन सक्छ । मोजा धेरै पातलो, सफा तथा राम्रो फेब्रिक वा कपडाबाट बनाइएको छैन भने यसले सङ्क्रमण र खुट्टाको गन्धको सम्भावना बढाउँछ ।

यदि मोजा लगाएरै सुत्ने बानी भएमा मोजा टाइट नभएको, सुत्नका लागि प्रयोग गरिने, राम्रो फेब्रिकबाट बनेको र सफा हुनु आवश्यक छ ।

jackson ribon