birat ribon

प्युठानमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

Neuro
प्युठानमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

प्युठान / प्युठानमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको रा १ ज ८०९ नम्वरको स्कारपियो सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । गाडीमा नौ जना यात्रु सवार थिए । गाडीमा चढेका यात्रुका अनुसार ब्रेक फेल भएर दुर्घटना भएको हो ।
गाडी सडकबाट ५० मिटर तल खसेको छ ।

cura insider
jackson ribon