birat ribon

लेवान्डोस्कीलाई ‘आइएफएफएचएस बेस्ट प्लेयर’ अवार्ड

Neuro
लेवान्डोस्कीलाई ‘आइएफएफएचएस बेस्ट प्लेयर’ अवार्ड

विराटनगर । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले सन् २०१९–२० को उत्कृष्ट खेलाडी घोषित् भएका छन् ।

Padelux insider
cura insider

अन्तर्राष्ट्रिय फुटबल इतिहास एवम् तथ्याङ्क महासङ्घले पोल्याण्डका स्टार लेवान्डोस्कीलाई ‘आइएफएफएचएस बेस्ट प्लेयर’ अवार्ड प्रदान गरेको हो ।

बायर्नलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका लेवान्डोस्कीले अन्तर्राष्ट्रिय सर्वाधिक गोकर्ताको अवार्डसमेत हात पारे ।

बायर्नकै गोलकिपर म्यानुएल नुयरले उत्कृष्ट गोलकिपर अवार्ड जित्दा प्रशिक्षक हान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । यसैगरी डेभिज अलाबा उत्कृष्ट नवआगन्तुक खेलाडी बने ।

jackson ribon