birat ribon

बिहानै नागरिक आन्दोलनको मार्चपास

Neuro
बिहानै नागरिक आन्दोलनको मार्चपास

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले आज काठमाडौँमा बृहत् सभा गर्ने तयारी गरिरहँदा नागरिक समाजले भने बिहानै शीतल निवास वरिपरि मार्चपास गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २१ गते संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेको विरोधमा बृहत् नागरिक आन्दोलनको आयोजनामा मार्चपास गरिएको हो । नागरिक आन्दोलनकर्ताहरूले यो कदम असंवैधानिक भएको भन्दै सच्याउन माग गरेका थिए ।

cura insider

नागरिक समाजका अगुवाहरूले बिहान पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवासको निषेधित क्षेत्रसम्म मार्चपास गरेका हुन् ।

उनीहरूले राष्ट्रपतिज्यू संविधान कहाँ छ ?, अवैधानिक नियुक्ति मान्दैनौँ, सत्ता कब्जा मुर्दावाद, लोकतन्त्र जिन्दावाद लेखिएका पम्पलेटसहित मार्च पास गरेका थिए । सो मार्चपासमा लेखक तथा पत्रकार नारायण वाग्लेलगायतका पत्रकारहरूको उल्लेख्य सहभागिता थियो ।

jackson ribon