birat ribon

गोदामघर बन्यो अर्बुद रोग निवारण संस्था

Neuro
गोदामघर बन्यो अर्बुद रोग निवारण संस्था

झापा / झापास्थित नेपाल अर्बुद रोग निवारण संस्था केही वर्षदेखि बेवारिस जस्तै बनेको छ । सो संस्था अहिले बन्द मात्र छैन भवनको वरिपरि झारपात र बुट्यानहरू उम्रिएर जङ्गलको रूप लिएको छ ।

भद्रपुर नगरपालिका–८ स्थित मेची प्रादेशिक अस्पताल परिसरभित्र १० कठ्ठामा निर्मित सो संस्थाको तीनकोठे पक्की भवनको मूल ढोकामा यतिबेला बढेमानको ताला झुन्डिएको छ । विसं २०५० मा क्यान्सर रोग निवारणका लागि सचेतना जगाउन र बिरामीको उपचारमा सहुलियत प्रदान गर्न भन्दै भद्रपुरका समाजसेवीहरूले सो संस्थाको स्थापना गरेका थिए ।

cura insider

दाताको सहयोगमा बनेको सो भवनलाई अहिले मेची अस्पतालको निर्माणाधीन भवनका सामान थन्क्याउने गोदामका रूपमा प्रयोग गरिएको छ । आजीवन सदस्य र साधारण सदस्य बनाएर संस्थाको कार्यसमिति गठन गरिँदै आएको छ । स्थापनाकालमा थुप्रै कार्यक्रम गरेको समितिको गतिविधि अहिले ठप्प छ ।

समितिका वर्तमान अध्यक्ष रुद्र भुर्तेलले समितिको बैठक कहिलेकाहीँ बस्ने गरेको बताए । कार्यालय भवन फोहोर र बस्ने कुर्सी टेबुल नभएका कारण निजी घरतिर बैठक बस्दै आएको उनले जानकारी दिए । संस्थाको आफ्नै भवनमा एउटा बैठक र अरू दुईवटा कार्यालय प्रयोजनका कोठा छन् । संस्थामा ६५ आजीवन सदस्य र १५ सदस्यीय कार्यसमिति रहेको अध्यक्ष भुर्तेलले बताए ।

भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा उपचार सेवा लिन जाने बिरामीलाई सहुलियतका लागि सिफारिस गर्ने संस्थाको उद्देश्य भएको उनको भनाइ छ । तर पछिल्लो समय संस्थाले कसैलाई पनि सिफारिस गरेको छैन । पञ्चायतकामा राजपरिवारका सदस्यको नेतृत्वमा काठमाडौँमा अर्बुद रोग निवारण संस्थाको स्थापना भएको थियो । जिल्लाहरूमा यसको शाखा विस्तार गरिएको हो । रासस

jackson ribon