birat ribon

यमनलाई गरिरहेको सहयोग रोक्ने अमेरिकी तयारी

Neuro
यमनलाई गरिरहेको सहयोग रोक्ने अमेरिकी तयारी

विराटनगर । अमेरिकाले यमनलाई विभिन्न हिसाबले गरिरहेको सहयोग रोक्ने तयारी थालेको छ ।

यमनमा छ वर्षदेखि युद्ध जारी छ । त्यही युद्धलाई लक्षित गर्दै अमेरिकाले सहयोग गरिरहेको थियो । तर पछिल्लो समय सबै सहायताबाट अमेरिका पछि हट्न लागेको हो । राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सबै खाले सहयोगबाट अमेरिका पछि हट्ने घोषणा गरेका छन्

cura insider

साउदी अरेबियाको नेतृत्वमा भइरहेका आक्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र हतियारको बिक्री आफ्नो प्रशासनले रोक्ने उनले बताएका छन्। युद्धका क्रममा एक लाख १० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको बताइन्छ ।

विदेश नीतिबारे आफ्नो पहिलो मन्तव्यमा राष्ट्रपति जो बाइडेनले भने, ‘यमनमा युद्ध रोकिनु आवश्यक छ।’ द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बाइडेनले बताएका छन्।

बाइडेनअघि दुई राष्ट्रपतिको कार्यकालमा अमेरिकाले यमनमा विद्रोहीविरुद्ध साऊदी अरबको नेतृत्व रहेको गठबन्धनका समर्थन गरेको थियो । यो संघर्षले यमनमा लाखौँ मानिसहरु भोकमरीको शिकार भएका थिए।

jackson ribon