birat ribon

केन्द्रीय समिति बैठक बोलाउनु पर्ने पक्षमा नेता पौडेल

Neuro
केन्द्रीय समिति बैठक बोलाउनु पर्ने पक्षमा नेता पौडेल

विराटनगर / कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको केन्द्रीय समिति बैठक बोलाउनुपर्ने पक्षमा देखिएका छन् ।

उनले जतिसक्दो चाँडो बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरे । बैठक बोलाउन माग गरेका पौडेलले गृह जिल्ला तनहुँमा पुगेर देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको सन्दर्भमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताए । त्यसका लागि तत्काल केन्द्रीय समितिको बैठक बोलाउन पार्टी सभापतिसँग उनले माग गरेका छन् ।

cura insider

संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्तिको विरोधमा देखिएका पौडेलले मुलुकमा विकसित भइरहेको पछिल्लो राजनीतिक घटनाक्रममा नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न आवश्यक रहेको उल्लेख गरे । वरिष्ठ नेता पौडेल केही दिनयता तनहुँको विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी भइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसमा पनि दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवा आगामी वैशाखमा हुने भनेर घोषणा गरिएको निर्वाचनमा जानुपर्ने पक्षमा देखिएका छन् । पौडेल पक्ष प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमकाविरुद्ध सडक संघर्षमा जानुपर्ने पक्षमा छ । तर कांग्रेसले संसद विघटनलाई भने असंवैधानिक कदम भनिरहेको छ । यो कदम असंवैधानिक हो भन्ने विषयमा भने दुवै पक्षको एउटै मत रहेको छ ।

jackson ribon