birat ribon

दाहाल–नेपाल समूहको बन्द : आगजनीदेखि तोडफोडसम्म

Neuro
दाहाल–नेपाल समूहको बन्द : आगजनीदेखि तोडफोडसम्म

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपाल बन्दका क्रममा ट्याक्सी जलाउनेदेखि यातायातका साधनमा तोडफोड गरिएको छ ।

आयोजक पक्षले नेपालबन्द शान्तिपूर्ण हुने बताए पनि आन्दोलनकारीले यातायातका साधनमा आगजनी र तोडफोड गरेपछि बन्द अपेक्षित रूपमा शान्तिपूर्ण हुन सकेन । बन्दका क्रममा आन्दोलनकारीले एउटा ट्याक्सी जलाइदिएको र ८६ वटा गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । आमहडतालको आयोजना गरेको दाहाल–नेपाल समूहले भने आमहडताल पूर्ण रूपमा सफल भएको दाबी गरेको छ ।

cura insider

आन्दोलनका क्रममा जबर्जस्ती बन्द गराउँदै हिँडेको भन्दै प्रहरीले सो पार्टीका नेता कार्यकर्तासहित एक सय ८८ जनालाई पक्राउ गरेको थियो ।
आमहडतालका क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा आन्दोलनकारीले तोडफोड गरेपछि स्थिति अशान्त बनेको थियो । नेपाल बन्द गर्न पूर्वप्रधानमन्त्रीहरू सुरक्षा दलबलसहित आफैं खटिएका थिए । प्रदेशका मुख्य मन्त्री, मन्त्री तथा विभिन्न स्थानीय तहका प्रतिनिधिसमेत बन्दमा जुटेका थिए ।

– नागरिकस्तरमा व्यापक विरोध
– व्यापारीहरूको पनि विरोध
– काठमाडौंलगायत केही ठाउँमा बन्दको प्रतिरोध
– आमहडताल सफल भएको दाहाल–नेपाल समूहको दाबी

यातायात अवरुद्ध भएका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो । बिरामीसमेत मर्कामा परेका थिए । देशभरका व्यापारिक संघसंगठनले पनि बन्दको विरोध जनाएका छन् । नेकपाले आमहडतालमा प्राप्त जनसमर्थनले उत्साही बनाएको र संघर्षका माध्यमबाट प्रतिगामी कमदलाई परास्त गर्ने ऊर्जा मिलेको जनाएको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon