birat ribon

तीन वर्षमा बन्यो सोह्र सय किमी सडक

Neuro
तीन वर्षमा बन्यो सोह्र सय किमी सडक

विराटनगर / बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार छ सय एक किलोमिटर सडक निर्माण गरेको छ । यस्तै तीन सय ९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ ।

यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये नौ सय चार किलोमिटर सडक कच्ची, चार सय ३५ किलोमिटर सडक खण्डास्मित (ग्राभेल), दुई सय १९ किलोमिटर सडक कालोपत्रे र ४३ किलोमिटर सडक ढलान गरिएको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

cura insider

उनका अनुसार तीन वर्षको सडक पूर्वाधार विकासले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्ने काम गरेको छ । पूर्वाधार निर्माण, ऊर्जा, जलस्रोत र सिँचाइ, खानेपानी, भवन निर्माणका एक सयभन्दा बढी बहुवर्षीय योजनामा अहिले प्रदेश सरकार काम गरिरहेको उनले बताए । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon