birat ribon

कोपा डेल रेको सेमिफाइनल समीकरण पूरा

Neuro
कोपा डेल रेको सेमिफाइनल समीकरण पूरा

विराटनगर / स्पेनिस कोपा डेल रेको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार राति अन्तिम क्वार्टरफाइनल खेल भएसँगै कोपा डेल रेमा सेमिफाइनल पुग्ने टोलीहरूको टुङ्गो लागेका हुन् ।

सर्वाधिक धेरै ३० पटकको विजेता टोली बार्सिलोनाका साथै सेभिल्ला, लेभान्टे र एट्लेटिक बिल्बाओ सेमिफाइनल फाइनलमा पुगेका छन् ।

cura insider

सेभिल्ला अल्मेरियालाई १–० गोलले हराउँदै अन्तिम चारमा पुगेको हो भने लेभान्टेले सेमिफाइनलका लागि भिल्लारियललाई १–० गोलले हराएको थियो ।

यस्तै बार्सिलोनाले ग्रानडालाई हराउँदै सेमिफाइनलमा स्थान बनाउँदा एट्लेटिकले रियल बेटिसलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

अब आज नै सेमिफाइनल ड्र हुनेछ । सेमिफाइनलमा दुई वटा लेगका खेल हुनेछन्, दुवैमा जित निकाल्ने टोलीले फाइनल खेल्नेछ ।

सेमिफाइनलको पहिलो लेगको खेल १० फेब्रुअरीमा हुनेछ भने दोस्रो लेग ३ मार्चमा हुनेछ ।

jackson ribon