birat ribon

विजयको करिअरको अन्तिम लभस्टोरी फिल्म ‘वर्ल्ड फेमस लभर’

Neuro
विजयको करिअरको अन्तिम लभस्टोरी फिल्म ‘वर्ल्ड फेमस लभर’

विराटनगर / तेलुगु लभ ड्रामा फिल्म ‘वर्ल्ड फेमस लभर’ अभिनेता विजय देवरकोन्डाको अन्तिम लभ स्टोरी फिल्म हो । यो कुरा विजय आफैँले फिल्मको ट्रेलर सार्वजनिक गर्ने क्रममा भनेका थिए ।

फिल्म ‘वर्ल्ड फेमस लभर’ सन २०२० को भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रुअरीमा रिलिज भएको थियो । फिल्ममा विजय तीन अलग–अलग भूमिकामा देखिएका छन् । फिल्मको ट्रेलरभन्दा पनि विजयले यो फिल्म आफ्नो करिअरको अन्तिम लभ स्टोरी फिल्म रहने भनेका कारण फिल्मप्रति दर्शक आकर्षित भएका थिए ।

cura insider

तर फिल्मले दर्शकको भने जस्तो साथ पाउन सकेन । चार दशमलव सात आइएमडिबी रेटिङ हासिल गर्दै यो फिल्म विजयको करिअरको फ्लप फिल्मको सूचीमा समावेश हुनपुग्यो ।

‘अर्जुन रेड्डी’, ‘डियर कमरेड’ जस्ता फिल्मबाट जबरजस्त फ्यान फलोइङ बनाएका साउथ सुपरस्टार हुन विजय देवरकोन्डा । उनको राउडी अवतारलाई भन्दा पनि दर्शकले उनलाई चकलेटी ब्वाइको भूमिकामा बढी रुचाउने गरेका छन् ।

बहुप्रतीक्षित फिल्म ‘गीता गोविन्दा’ पछि विजयले आफ्नो करिअरलाई फर्केर हेर्नु परेको थिएन । तर धेरै आशा गरिएको फिल्म ‘वर्ल्ड फेमस लभर’ लाई भने दर्शकले त्यति माया गरिदिएनन् ।

तेलुगु भाषामा रिलिज भएको एक वर्षपछि फिल्म ‘वर्ल्ड फेमस लभर’ को हिन्दी संस्करण सार्वजनिक भयो । फिल्मले एकहप्ता नबित्दै ४० मिलियन बढी भ्युज कमाउन सफल भयो । तर दर्शकको मन भने जित्न सकेन । फिल्मको तेलुगु संस्करणझैँ हिन्दी संस्करणलाई पनि दर्शकले रुचाएनन् ।

क्रान्ति माधवको लेख्न तथा निर्देशन रहेको फिल्ममा विजयका अलवा राशी खन्ना, ऐश्वर्या राजेश र क्याथरिन ट्रेसा मुख्य भूमिकामा छन् । धेरै कमलाई थाहा हुन सक्छ फिल्म ‘वर्ल्ड फेमस लभर’ विजयको करिअरको अन्तिम लभस्टोरी फिल्म हो भनेर ।

हाल उनी बलिउड फिल्ममा डेब्यू गर्ने तयारीमा छन् । करण जोहरको प्रोडक्सनमा बनेको पुरी जगन्नाध निर्देशित फिल्म ‘लिगर’ मा उनले मुख्य भूमिका निर्वाह गरेका छन् । विजयसँग करणले यो फिल्मसँगै अरू दुई फिल्मका लागि पनि सम्झौता गरेको भारतीय मिडियाले बताएका छन् ।

jackson ribon