birat ribon

चेल्सीले टोटनह्यामलाई उसैको मैदानमा हरायो

Neuro
चेल्सीले टोटनह्यामलाई उसैको मैदानमा हरायो

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनह्याम हटस्परमाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले टोटनह्यामलाई उसैको मैदानमा १-० गोलले हराएको हो ।

टोटनह्याम हटस्पर स्टेडियममा चेल्सीलाई जिताउन जोर्गिन्होले निर्णायक गोल गरे । खेलको २४औं मिनेटमा चेल्सीले पेनाल्टीको मौका पाएको थियो, जसमा जोर्गिन्होले गोल गर्दै चेल्सीलाई जिताए ।

cura insider

यससँगै चेल्सीले शीर्ष क्लबहरूसँगको अङ्कदूरी घटाएको छ । त्यस्तै ऊ २२ खेलमा ३६ अङ्क जोड्दै छैटौँ स्थानमा उक्लिएको छ ।

टोटनह्याम भने आठौँ स्थानमा झरेको छ । टोटनह्यामले २१ खेलमा ३३ अङ्क जोडेको छ ।

jackson ribon