birat ribon

‘भाग्यमा खोट छ’को मेल भर्सनमा प्रमोद खरेलको आवाज

Neuro
‘भाग्यमा खोट छ’को मेल भर्सनमा प्रमोद खरेलको आवाज

विराटनगर / चर्चित गीत ‘भाग्यमा खोट छ’ को मेल भर्सन सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक प्रमोद खरेलले आवाज दिएका छन् ।

यसअघि गीतको फिमेल भर्सनमा गायिका एलिना चौहानले आवाज दिएकी थिइन् । गीतलाई टिकटकमा धेरै रुचाइएको छ । रोशन सिंहको शब्द र विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा रोशन सिंह र गीता ढुङ्गाना फिचर छन् ।

cura insider

‘भाग्यमा खोट छ’ फिमेल भर्सनलाई ५ मिलियन बढीले हेरेका छन् । फिमेल भर्सनलाई माया गरे झै दर्शक–स्रोताले मेल भर्सनलाई मन पराउनेमा निर्माण टिम ढुक्क छन् ।

jackson ribon