birat ribon

बसपार्कमा अस्पताल नबनाउन जग्गादाताको चेतावनी

Neuro
बसपार्कमा अस्पताल नबनाउन जग्गादाताको चेतावनी

इनरुवा / इनरुवा–४ मा निर्माण भएको इनरुवा बसपार्क चार वर्षसमेत सञ्चालन हुन नसकेपछि स्थानीयहरूले सञ्चालनको माग गरेका छन् । बसपार्क प्रयोगविहीन भएको बेला इनरुवा नगरपालिकाले नेपाल प्रहरीको प्रादेशिक अस्पतालको लागि दिने निर्णय गरेपछि स्थानीयले बसपार्क सञ्चालन नगरी अस्पताल बनाए पुनः आन्दोलनमा उत्रिने चेतावनीसहित विरोध जनाएका हुन् ।

नगरपालिकाले नगरपालिकाको नगरबासी तथा वडाबासीसँग कुनै सरसल्लाह नगरी प्रादेशिक अस्पताल बनाउनका लागि सिफारिस दिएको भन्दै त्यसको विरुद्ध आन्दोलन गर्ने तयारीमा स्थानीयहरू जुटेका छन् । आन्दोलनको तयारीस्वरुप इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रादेशिक अस्पताल निर्माणको निर्णय फिर्ता लिनुपर्ने र यथाशीघ्र बसपार्क सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

cura insider

इनरुवा–४ का वडाध्यक्ष श्यामदेव मेहताले समेत नगरप्रमुख राजन मेहता र अन्य साथीहरूले कुनै सरसल्लाह नगरी प्रादेशिक अस्पताललाई दिने निर्णय गरेकोमा आफ्नोसमेत विमति रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा वडाध्यक्ष मेहताले बसपार्क प्रयोजनको लागि बनेको हुनाले प्रादेशिक अस्पताल बनाई बसपार्क नै सञ्चालन गर्नुपर्ने माग गरेका हुन् । इनरुवाका स्थानीय डिकबहादुर कार्कीले बसपार्क सञ्चालन गर्नुपर्ने माग गरेका छन् । प्रादेशिक अस्पतालको बारेमा आफूहरूसँग कुनै सरसल्लाह नभएकोले १२ करोडको लागतमा बनेको बसपार्क नै सञ्चालन गर्नुपर्ने जिकिर गरेका छन् ।

त्यसैगरी अर्का स्थानीय जिवानन्द झाले पनि बसपार्क सञ्चालनको विकल्प नरहेको बताए । बसपार्क सञ्चालन नगरी प्रादेशिक अस्पताल बनाउनु सरासर गलत भएको बताउँदै बसपार्ककै लागि उपयुक्त भएको ठाउँलाई अरू कुनै पनि कार्य सञ्चालन गर्न नपाउने बताए ।

प्रादेशिक अस्पताल नै बनाउने भए इनरुवा–४ मा ऐलानी जग्गा प्रशस्त रहेकोले अरू ठाउँमा नै बनाई तत्काल बसपार्क सञ्चालन गर्नुपर्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा स्थानीयहरूले प्रादेशिक अस्पताल सञ्चालन गरे आफू कानुनी उपचारका लागि न्यायालय जाने र आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

jackson ribon