birat ribon

उमेर पुग्नुभन्दा अगाडि बुढ्यौली लाग्दा यस्ता सङ्केत देखिन्छ

Neuro
उमेर पुग्नुभन्दा अगाडि बुढ्यौली लाग्दा यस्ता सङ्केत देखिन्छ

विराटनगर / उमेर ढल्कँदै जाँदा बूढाबूढी हुनु स्वाभाविक हो । तर कहिलेकाँही आफ्नो उमेरभन्दा पहिले नै बुढेसकाल लाग्न थाल्छ । चिकित्सा शब्दमा, उमेरभन्दा पहिले बूढो हुने प्रक्रियालाई ‘प्रिम्याच्यर एजिङ्ग’ भनिन्छ ।

हाम्रो शरीरमा चल्ने थुप्रै आन्तरिक तथा बाहिरी प्रक्रियाको कारणले, शरीर विस्तारै बूढो हुँदै जान्छ । इन्जाइमह र हर्मोनहरूको असन्तुलन हुनु, शरीरमा नयाँ कोशिकाको गठनमा कमी हुनुपनि यसका कारण हुन् ।

cura insider

सबै शरीरका अङ्ग विस्तारै कमजोर हुनु बुढ्यौलीको सामान्य लक्षण हो । तर, प्रायःजसो ३५ देखि ४० वर्षबीचको उमेरका केही लक्षणले विशेष रूपमा समयपूर्व बुढ्यौली भएको सङ्केत गर्छ ।

छाला चाउरी पर्नेः चाउरी पर्ने समस्या सीधा बढ्दो उमेरसँग सम्बन्धित छ । उमेर बढ्दै जाँदा छाला लुज हुन थाल्छ, जसकारण छालाको चिल्लो र कडापनमा असर गर्छ । विशेषगरी आँखा क्षेत्रमा यस कारण रिङ्क्लस देखिन थाल्छ । यो सीधा खानपानको बानीसँग सम्बन्धित हुन्छ । अधिक फ्याट प्रोसेस्ड फूड, धुम्रपान र मदिरा सेवनका कारण पनि समयपूर्व छाला चाउरी पर्ने हुन्छ ।

कपाल झर्नु तथा सेतो हुनुः कपाल झर्नु र सेतो हुनु हाम्रो बुढ्यौलीको लक्षणमा सबैभन्दा सामान्य लक्षण हो । यो समस्या युवा तथा व्यस्यकमा पनि देख्न सकिन्छ । यसको सबैभन्दा ठूलो कारण प्रदूषण र मिसावट हो । प्रदूषणले कपाल र छालामा प्रत्यक्ष प्रभाव पार्छ । यसबाहेक, केही मानिसहरूमा यो समस्या आनुवंशिक पनि हुन्छ । त्यस्तै, गुलियो खानामा पाइने हानिकारक रसायनले मेलानिन कणलाई बिगार्छ, जसले गर्दा कपाल सेतो हुन्छ ।

ब्याग भारी लाग्न थालेमाः आधादेखि एक किलो हातमा बोक्ने ब्याग भारी लाग्न थलेमा यो बुढेसकालको सङ्केत भनेर बुझ्न सकिन्छ । बढ्दो उमेरसँगै मांसपेशी कमजोर हुनुका साथै शरीरमा मांसपेशी बन्ने प्रक्रिया पनि कम हुन्छ । यसले शारीरिक क्षमतामा सीधा असर गर्छ, जसकारण भारी उठाउन, छिटो दौडन, भर्‍याङ्ग चढ्दा सजिलै थाकिन्छ ।

प्यान्ट कम्मरमा टाइट हुने र तिघ्रामा लुज भएः मनपर्ने प्यान्ट कम्मरमा टाइट हुने र तिघ्रामा लुज भएको महसुस हुन थालेपनि बुढ्यौलीको सङ्केत हुनसक्छ । बढ्दो उमेरसँग शरीरमा असन्तुलित बोसो जम्मा हुनु एक सामान्य समस्या हो । साथै हड्डी र मांसपेशी सङ्कुचित र कमजोर हुँदैजाँदा पनि यस्तो हुनसक्छ, जुन पहिले तिघ्रा र कम्मरको क्षेत्रबाट सुरु हुन्छ ।

उदास अनुहारः उमेर बढ्दै जाँदा हड्डीहरूको घनत्व घट्न थाल्छ । यसले अनुहार धसिएको जस्तो देखिने वा उदास देखिन्छ । पोषणको कमी, हृदयसम्बन्धी रोग, तनाव र धूम्रपानको कारणले पनि कहिलेकाँही उमेरभन्दा पहिले पनि बुढेसकाल निम्तिन सक्छ ।

निद्रामा समस्या भएमाः अनिद्रा वा छोटो अन्तरालमा बारम्बार निद्रा लाग्ने वा ब्युँझिनेलगायतका निद्राका यी लक्षणहरू समयपूर्व बुढेसकाल लाग्नुका लक्षण पनि हुन् । यसको मुख्य कारण कार्टिसोल हार्मोन हो, जुन तनाव वा स्ट्रेस हर्मोन पनि भनिन्छ । अत्याधिक तनाव लिएको कारण कार्टिसोल हर्मोन बढ्छ, जसले निद्रासँग सम्बन्धित समस्या निम्त्याउँछ ।

jackson ribon