birat ribon

नुयरका लागि रोनाल्डो विशेष चुनौती

Neuro
नुयरका लागि रोनाल्डो विशेष चुनौती

विराटनगर । जर्मनीका विश्वकप विजेता गोलकिपर मानुअल नुयरले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको सामना गर्नु आफ्ना लागि विशेष चुनौती रहेको बताएका छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा बायर्न म्युनिखका नुयरले युभेन्टसका फरवार्ड रोनाल्डो आफ्ना लागि विशेष चुनौती भएको बताएका हुन् ।

cura insider

‘म क्रिस्टियानो रोनाल्डोलाई अरू व्यक्तिभन्दा धेरै राम्रो तरिकाले चिन्छु । मैले रोनाल्डो आउनेबित्तकै डराउँछु भन्न खोजेको होइन । तर, उनी मेरा लागि विशेष चुनौती हुन् । उनलाई विपक्षीका रूपमा पाउँदा एउटा विशेष चुनौती खडा भएको पाउँछु,’ उनले भने ।

यसैगरी नुयरले रोनाल्डोको सामना गर्दा उनीसँग मात्र नभएर अरू टोलीसँग पनि त्यस्तै अवस्था सिर्जना हुने बताए । ‘मलाई गलत नठान्नु होला । उनी मात्र नभएर अन्य टोली मेरा लागि चुनौती हुन् । तर अरू टोलीसँगको खेलमा म आफूलाई सावित गर्नसक्छु,’ उनले थपे ।

jackson ribon